२४ माघ २०८१, सारासन्देश समाचार
झापाको गौरादह नगर पालिकाले सामुदायिक विधालयका विपन्न विधार्थी लक्षित गरी न्यानो कपडा वितरण गर्ने कार्य सम्पन्न गरेको छ । जाडो शुरुवात भए देखि पद्मोद्यय फाउण्डेशन सिराहाको सहयोगमा पालिकाको समन्वयमा १ हजार २ सय ५० जना विधार्थीलाई कपडा वितरण गरेको हो ।
गौरादह नगरपालिका वडा नं. ४ को डोरामारी माद्यमिक विधालयमा आज कपडा वितरण गर्दै सामुदायिक विद्यालयको क्षमता अभिबृद्धिका लागि कपडा वितरण कार्यक्रम गरिएको नगर प्रमुख छत्रपति सुवेदीले बताउनु भयो । कार्यक्रममा उपप्रमुख जलबर्षा राजवंशी, प्रधानाध्यापक हेमकुमार बराल, गौरादह नगरपालिका वडा ९ का अध्यक्ष उपेन्द्र निरौला लगायत बोल्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ को गौरादहमा उहाँको राजनैतिक स्वकीय उपसचिव तुलसी निरौलाको पहलमा फाउण्डेशन मार्फत विपन्न विधार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । सामुदायिक विधालयमा पढ्ने सिमान्तकृत र लोपोन्मुख जातजातिलाई लक्षित गरी वितरण गरिएको छ । कपडा वितरणले विधार्थीलाई हौसल्ला समेत मिलेको कार्याक्रमका बक्ताहरुले बताएका छन् । न्यायो कपडा पाए पछि विधार्थीहरु खुशी बनेका छन् ।

