नेपालमा आज ६०३ संक्रमित, ३ जनाकाे मृत्यु

१ वैशाख २०७८,काठमाडौँ- नेपालमा केही दिन यता संक्रमण दर बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ६ सय ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८१ हजार ५८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ४ हजार २ सय ८९ पीसिआर परीक्षणबाट ५ सय ८० र ४५१ एन्टिजेन परीक्षणबाट २३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ पुगेको छ । हाल ४८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उपचार गराएर घर फर्किनेको सङ्ख्या हालसम्म दुई लाख ७४ हजार ४४७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १२९ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । हाल देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये ४५७ जना संस्थागत आइसोलेशनमा तथा तीन हजार ५९९ होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ६१ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५१७ संक्रमितः ५ जनाकाे मृत्यु
Next post भारतमा काेराेना बढे पछि नेपालमा पनि बढ्न थाले संक्रमित संख्या