भारतमा काेराेना बढे पछि नेपालमा पनि बढ्न थाले संक्रमित संख्या

आज नेपालमा २४४९ जना संक्रमित थपिए

काठमाडौं- नेपालमा कोरोना भाइरसका २ हजार ४ सय ४९ जना नयाँ सङक्रमितको पहिचान भएको छ ।

पछिल्लो चौबीस घण्टामा ८ हजार ७ सय ९८ आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्या संक्रमितको पहिचान भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङक्रमितसँगै नेपालमा कोरोनाका हाल १४ हजार ७ सय २४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४ सय १० जना सङक्रमित निको भएका छन् ।

चौबीस घण्टामा पाँचजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङख्या ३ हजार १ सय २२ पुगेको छ । पछिल्लाे समय भारतमा संक्रमण दर बढेसँगै नेपालमा पनि संक्रमितकाे संख्या बृध्दि हुन थालेकाे हाे ।

भारतमा एकै दिन झण्डै साढे ३ लाख संक्रमितः २ हजार बढीकाे मृत्यु

Relatives of a patient who died of COVID-19, mourn outside a dedicated COVID-19 government hospital in Ahmedabad, India, Saturday, April 17, 2021. The global death toll from the coronavirus topped a staggering 3 million people Saturday amid repeated setbacks in the worldwide vaccination campaign and a deepening crisis in places such as Brazil, India and France. (AP Photo/Ajit Solanki)

पछिल्लाे समय भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । भारतीय स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण मृत्यु हुने र नयाँ सङ्क्रमणको दरमा नयाँ रेकर्ड देखिएको छ ।

शुक्रबार बिहान सार्वजनिक गरिएको एक तथ्यांकमा २४ घन्टा यता मात्र थप ३ लाख ३२ हजारभन्दा बढी नागरिक यसका सङ्क्रमित भेटिएका छन् । यो संख्या भारतमा अहिलेसम्ममा एकै दिन देखिएको संक्रमणको सबैभन्दा ठूलो संख्या भएको बताइएको छ ।

त्यसैगरी गएको २४ घन्टा २ हजार २ सय ६३ जनाको ज्यान गएको छ । यसरी कोरोना भाइरसको संक्रमणकै कारण भारतमा २४ घन्टामा भएको यो मृत्यु सबैभन्दा बढी हो ।
यसरी भारतमा अहिलेसम्ममा यो संक्रमणबाट १ करोड ६२ लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका बताइएको छ । त्यसैगरी भारतमा यो संक्रमणबाट मात्र एक लाख ८६ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ६०३ संक्रमित, ३ जनाकाे मृत्यु
Next post तामाङ समाजको दोस्रो बार्षिक साधारणसभा सम्पन्न