नेपाल आज ४३६४ संक्रमित थपिए, ५५५ निकाे

१४ बैशाख २०७८,काठमाडौँ – पछिल्लाे २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । १५ हजार ६ सय ८१ पीसीआर परीक्षण गर्दा साे संख्याका संक्रमित थपिएका हुन् । एक हजार ९ एन्टिजेन नमुना परीक्षणमा १ सय ६० जनामा पोजिटिभ देखिएको छ ।

यसैगरी २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ भने ५ सय ५५ जना निको भएर घर फर्किएका छन् । त्यसैगरी २६ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म ३ लाख ७९ हजार २५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यस्तै, ३ सय १५ जना आईसीयूमा, ८४ जना भेन्टिलेटरमा, २ हजार ८ सय ७३ जना अस्पतालमा र २३ हजार ३ सय ५२ जना संक्रमित घरमा उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा संक्रमित दिनहुँ बढ्दैः आज ३५५६ थपिए
Next post काेभिड अस्पताललाई मन्त्रालयकाे निर्देशन