
१४ वैशाख २०७८,काठमाडौं– नेपालमा दाेस्राे लहरकाे काेराेना फैलिएका कारण सचेत रहन र आवश्यक तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयले ७ बुँदामा स्वास्थ्यकर्मीलाई लामो समय बिना नदिन, पालो निर्धारण गर्न, स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त नराख्न, अस्पतालको बहिरंग सेवा, सर्जरी लगायतका सेवा स्थगित गर्न र आकस्मिक उपचारका औजार अक्सिजनको व्यवस्था गर्न आज एक पत्र मार्फत निर्देशन दिएकाे छ ।
