१२ असोज २०८२/डिकेश लामा
भूटानी शरणार्थी र स्थानीय समूदायका ३ वटा विधालयका विधार्थीलाई दशैंको अवसरमा पोशाक वितरण गरिएको छ । तेस्रो मुलुक पुगेका भुटानी यूवाहरुको संस्था सेजल एण्ड सिस्टर र स्याडो सर्पोट फाउण्डेशनले २ वटा सामुदायिक र एउटा शरणार्थी शिविरको पूर्व बाल विकास विधालयमा १ हजार विधार्थीलाई पोशाक वितरण गरिएको हो । केही बर्ष देखि गर्दै आएको सहयोगलाई निरन्तरता दिन आफूहरु संस्थाका विभिन्न प्रतिनिधिहरु सहितको टोली विधालय विधालय पुगेर पोशाक वितरण गरेको संस्थाका फाउण्डर मेघ सुवेदीले बताउनु भयो ।

झापाको वेलडाँगीमा रहेको पूर्व बाल विकास केन्द्र, दमक वडा नं. ३ को चुलाचुली मावि र मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १० को हिरक आधारभूत विधालयका विधार्थीलाई विधालय पुगेरै पोशाक वितरण गरिएको छ । संस्थाले भुटानी शरणार्थी मात्र नभई स्थानीय क्षेत्रका विधार्थी देखि अन्य पूर्वाधार, खानेपानी लगायतमा समेत सहयोग गर्दै आएको दमक नगरपालिका वडा नं. ३ का वडाध्यक्ष नविन बरालले बताउनु भयो ।
झण्डै साढे ३ दशक देखि बसोवास गर्दै आएका भुटानी शरणार्थी बालबालिकाले अध्ययन गर्ने विधालयमा ३ बर्ष अघि देखि पोशाक वितरण गर्ने कार्यले उनीहरुलाई ठूलो टेवा पुगेको छ । विधालयमा अध्ययन गर्ने स्थानीय समूदाय र शरणार्थी सवैलाई समानरुपमा पोशाक वितरणले दुई समूदायबीचको सम्बन्ध अझ राम्रो भएको बेलडाँगी बस्ती व्यवस्थापन समितिका सचिव सन्चहाङ सुब्बाले बताउनु भयो ।
पोशाक तथा अन्य सहयोग गर्दै आएका दाताहरुलाई विधालयले सम्मान समेत गरेका छन् । शरणार्थी बस्तीमा ७ बर्ष अघि देखि विधालयहरु बन्द भए पछि पछिल्लो समय भूटानी शरणार्थी बस्तीका बालबालिकाहरु स्थानीय सामुदायिक विधालयमा अध्ययन गर्दै आएका छन् ।
भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोस्
