११ असोज २०८२/डिकेश लामा
पूर्वी नेपालमा बसोवास गर्ने भूटानी शरणार्थीलाई पुनः राहत वितरण गर्न थालिएको छ । ७ बर्ष अघि देखि दातृ निकायले दिँदै आएको राहत कटौति गरे पछि समस्या परेका शरणार्थी तेस्रो मुलुक पूनर्वास भएका भूटानीहरुबाट सहयोग संकलन गरी बस्ती व्यवस्थापन समितिको अगुवाई राहत वितरण गर्न थालिएको हो । पथरी शनिश्चरे शिविरलाई लक्षित गरी राहत विरतरण उद्घाटन कार्याक्रमका प्रमुख अतिथि सहयोगी संस्थाका संयोजक मेघ सुवेदीले अन्य विभिन्न ८ वटा मुलुकमा छरिएका रहेका भुटानीहरुले पनि नेपालमा दुःख पाएर बसेका शरणार्थीलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
तेस्रो मुलुक पुगेका भूटानी युवाहरुको संस्था सेजल एण्ड सिस्टर, स्याडो सर्पोट फाउण्डेशन लगायतका केही युवाहरुबाट संकलित रकमबाट वितरण शुरु गरिएको हो । वितरण गर्ने राहतका लागि १ महिनामा झण्डै १५ लाख रुपयाँको आवश्यकता हुने पथरी शनिश्चरे वस्ती व्यवस्थापन समितिका सचिव कर्ण राईले बताउनु भयो ।

हरेक भूटानी शरणार्थीलाई १५ दिनको अन्तरमा प्रति व्यक्ति ४ केजी चामाल, १ केजी दाल, पोसिलो पिठो, नुन, चिनी, तेल लगायतका सामाग्री विरतण थालिएको छ । दातृ निकायले दिएको राहत सामाग्री बन्द गरे पछि समस्यामा परेका शरणार्थीलाई राहतले ठूलो टेवा मिलेको उनीहरुले बताएका छन् ।
पथरी शनिश्चरे शिविरमा रहेका १ हजार ५ सय शरणार्थीमा यो कार्याक्रम ३ बर्षका लागि शुरु गरिएको हो । आर्थिकरुपमा सक्षमहरुले राहत निलएर विपन्न सहयोग गर्न व्यवस्थापन समिति अपील समेत गरेको छ । पथरी शनिश्चरे नगरपालिका वडा नं. १० का वडाअध्यक्ष जिवन खतिवडाका अनुसार ढेड बर्ष अघिसम्म भुटानीको जन्म, मृत्यु लगायतका पञ्जिकरणका कार्य हुँदै आएको थियो । तर यसलाई रोकिएकाले सवैको पहलमा पुनः संचालन गर्नु पर्ने उहाँले बताउनु भयो ।

यता वेलडाँगी शरणार्थी बस्तीमा रहेका झण्डै ६ हजार शरणार्थीमा भने यो कार्यक्रम शुरु गरिएको छैन । बेलडाँगी बस्तीका सचिव सन्चहाङ सुब्बा अनुसार पछिल्लो समय तेस्रो मुलुक गएका भूटानीहरुको सहयोगले पछिल्लो समय शरणार्थी शिविरका धेरै पीडितको ज्यान बचेको छ । यसका लागि सवै दाताहरु एकतामा बाँधिएर थप सहयोगका कार्याक्रम संचालन गर्नु पर्ने उहाँले बताउनु भयो ।
सन् १९९० देखि देशमा प्रजातन्त्र माग गर्दै गरिएको राजनैतिक आन्दोलनका कारण देश छाड्न बाध्य पारिएका झण्डै १ लाख ७ हजार भुटानी शरणार्थीहरु पछिल्लो समय विश्वका ८ वटा विकसित मुलुकमा ९५ प्रतिशत भन्दा धेरै पुर्नवास भएका छन् । पुनर्वास भएका मध्ये केहीले संस्था नै खोलेर झापाको वेलडाँगी र मोरङको पथरी शनिश्चरेमा बसेका शरणार्थीलाई स्वास्थ्य, शिक्षा, लत्ता कपडा र खाद्यन्य लगायतमा सहयोग गर्दै आएका छन् ।
See video story
