१८ असोज २०८२/ सारासन्देश समाचार
दुई दिन देखि पर्न थालेको बर्षाका कारण नेपालको ९ जिल्लामा उच्च जोखिम र जोखिम रहेका छन् । काठमाण्डौं, ललितपुर, भक्तपुर, सिन्धुली, रसुवा, नुवाकोट, मकवानपुर, काभ्रेपाञ्चोक र सोलुखुम्बुका अधिक स्थानमा अधिक बर्षा भएको । जसले गर्दा कोशी नदिको पहाडी जिल्लामा बाढी मापन केन्द्रका जानकारी अनुसार ३ जिल्लामा भने अति उच्च जोखिम बढेको र अझै पानीको सहत बढ्दै गएकाले खतरा बढेको छ । बागमती, मनहोरा, कमला नदिको जल सतहले खतराको संकेत देखाएको जल तथा मौषम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अतः बाढीको जोखिम जिल्लाको आसपास सतर्क रहन र विपद व्यवस्थापनका लागि तयारी रहनु पर्ने अवस्था रहेको छ । महाशाखाको वेभसाइटका अनुसार कोशी, नारायणी, बागमती, लालबकैया, कमला लगायतका नदि तथा खोलामा उच्च जोखिम रहेको छ ।

ती नदि तथा खोलाको बागमतीको बालकुमारी र खोकनामा खतराको संकेत देखाएको छ । यस्तै कमलाको रानीबासमा रहेको मापन केन्द्रमा समेत खतराको संकेत दिएको जनाइएको छ । यता पूर्वको झापा, पाँचथर, इलाम र झापामा समेत भारी बर्षा भइरहेको छ । पूर्वी नेपालको सवै भन्दा धेरै पानी मोरङको हरैंचामा परेको छ । हरैंचामा गएको २४ घण्टामा १ सय ६४ दशमलव ६ मिलिमिटर बर्षा भएको महाशाखाले जनाएको छ । गएको २४ घण्टामा सवै भन्दा धेरै बर्षा नेपालको रौतहट जिल्लाको गौर मापदन केन्द्रमा ३ सय ३८ मिलिमिटर बर्षा मापन गरिएको छ ।
