२० असोज २०८२/डिकेश लामा
दुई दिनसम्म परेको अविरल बर्षाका कारण आएको बाढीले झापामा विस्थापितहरु घर फर्कन थालेका छन् । बाढी पसेर भत्किएको घर मर्मत तथा सरसफाई गरेर आफ्नो थातथलो फर्कने प्रयास गरेको उनीहरुले बताएका छन् । झापा ५ हजार बढी घर परिवार विस्थापित भएका थिए । झापाको सवै भन्दा धेरै झापा गाउँपालिकाको ५ वटा वडाका हजारौं मानिस घर छाडेर सरकार तथा सहयोगी संघसंस्थाको सहयोगमा सार्वजनिक स्थलमा बस्दै आएका छन् ।

डुवेका घरमा पुरै बाढीको लेदो पसे पछि अधिकांश घरका अन्नपात भिजेर नष्ट भएका छन् । कतिपयका महत्वपूर्ण कागजात समेत भिजेर काम नलाग्ने बनेका छन् । घरको अवस्था हेरेर वास्तविक तथ्याङक संकलन गरी राहत उपलव्ध गराउने कार्यमा आफूहरु लागि परेको सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंले बताउनु भयो ।
जिल्लाको झापा, गौरीगंज, शिवसताक्षी, भद्रपुर लगायतका पालिकाबाट ५ हजार बढी घर परिवारका २५ हजार मानिस प्रभावित बनेका छन् । भोलि देखि सम्पूर्ण तथ्याङक संकलन गरेर आवश्यकता अनुसारको सहयोग तथा राहत उपलव्ध गराउने जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।
