विपिन जोशीबारे भ्रामक समाचारको खेती
२७ अशोज २९८२ , झापा–   ७ अक्टोबर २०२३ अर्थात २०८० सालको असोज २० गते एक महिना अघि मात्र विधार्थी भिस्सामा इजरायल पुगेका थिए । सुदुर पश्चिम प्रदेशको कञ्चनपुर जिल्लाका उनी लर्न एण्ड अर्न प्रोगाम अर्थात सिकाइसँगै आम्दानी नामक कार्यक्रममा इजरायल पुगेका हुन् । उनले काम गर्दै आएको कृषि फार्म नजिकै भएको भिडन्तमा १२०० बढीको ज्यान गयो । २५१ जना इजरयालीलाई बन्धक बनाइ अपहरण गरियो । त्यही अपरणमा परे विपिन पनि । त्यसै वेला हो । १० जन नेपाली विधार्थीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । त्यसै घटनाको झण्डै ७ सय दिन पछि विपिन जोशीको नाम लिएर केही दिन यता सामाजिक संजाल र नेपाली पत्रकारितामा समाचारको विषय बनाइ राम्रो कभरेज भइरहेको छ ।
केही दिन यता सामाजिक संजालमा मात्र नभइ नेपालका ठूला भनिएका केही अनलाईन र छापा माध्यमले समेत विपिनको नाम हमासले छाड्न लागेको २२ जनामा विपिन जोशीको नाम छ । भनेर प्रचार गर्न भ्याए । केही त ठूला संचार माध्यमको स्रोत अनुसार समेत भनेर लेखे ।
मैंले पनि साँच्चै नै विपिन जिवित छन् त? भनेर ती केही संचार माध्यम जुन विश्वमा विश्वसनीयतामा उच्च रहेका छन् । ती माध्यमहरु हेरें । अनलाइन समाचारहरुले उतृत गरेका स्रोत र साइट समेत हेरें । तर त्यहाँ विपिनकोबारे कुनै पनि समाचार पाइन ।
आज पुनः विपिनकोबारे हमारले सार्वजनिक गर्ने सूचीमा विपिनको नाम छैन भनेर हिजो समाचार लेख्नेहरुले नै लेखिरहेका छन् । त्यसको पनि स्रोत स्पष्ट छैन । यस विषयमा पराराष्ट्र मन्त्रालयका सम्बन्धित विभागले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
यसर्थ भ्रामक समाचारले सेयर र रिच धेरै बढ्ला तर विपिनको परिवारमा पार्ने असर फरकमात्र हुँदैन कि भारी नकरात्मक असर पर्न जान्छ । त्यतिमात्र हौइन सवै भन्दा ठूलो चुनौति र प्रभाव भनेको नेपाली पत्रकारिता प्रतिको विश्वासमा पर्न जान्छ ।
तसर्थ हामी समेत नागरिकले फेक, डीप फेक समाचार र सन्देश दिने संचार माध्यमको पहिचान गरौं । त्यस माथि प्रश्न राखौं ? सहि सूचना र जानकारीलाई मात्र लिने र दिने गरौं । जसले गर्दा मिस अनि डिस इन्फरमेशनबारे जानकारी हुन सकोस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *