२४ अशोज २०८२/डिकेश लामा
झापाको कन्काई नदिमा पानी सतह घटेसँगै बाढीको वहावले धमाधम बाँध कटान गर्न थाले पछि जोखिम बढेर गएको छ । झापाको गौरीगंज गाउँपालिका वडा नं. १ रंगियाथान पूर्व दक्षिण तर्फको बाँध फुट्ने अवस्थामा पुगेकाले धेरै धान खेत र बस्ती बगाउने जोखिम बढेर गएको हो ।
कन्काई नदिको बाढीको सतह घटेसँगै बाँध कटान गर्न थाले पछि झापाको गौरीगंज गाउँपालिका वडा नं. १ का आधा दर्जन बस्ती जोखिममा परेका छन् । बाढीको बहावले बाँध धमाधम कटान गर्न थाले पछि बस्तीसँगै ठूलो क्षेत्रको धान खेती जोखिममा परेको सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना झापाका प्रमुख विजयकुमार रेग्मीले बताउनु भयो । रेग्मीका अनुसार बाँसबाट छेक्ने प्रयास गरिंदै आए पनि थप बाढी आयो भने ठुलो क्षति हुन सक्ने बताउनु भयो ।

बाढीको बहाव छेक्नलाई स्थानीय बासिन्दा, इन्जिनियर र गौरीगंज शसस्त्र प्रहरी सुरक्षा वेशको टोलीले प्रयास जारी राखेको छ । तर भने जति जनशक्ति र प्रविधिको अभाव रहेको छ । बाँध फुट्यो भने दक्षिणी क्षेत्रको धेरै बस्तीमा क्षति पुग्न सक्ने शसस्त्र प्रहरी निरीक्षक ज्ञान बहादुर श्रेष्ठले बताउनु भयो । श्रेष्ठले भन्नु भयो, ‘यो स्थानबाट बाढी पस्यो भने धनगढ़ा, चौरी, टुनु बस्ति, झोडा, होकलबारी लगायतलाई असर पर्न सक्ने बताउनु भयो ।

नदिको मुल बहावले झण्डै ५ सय मिटर क्षेत्रको बाँध कटान गर्दै आएको छ । थप बाढी बढ्यो भने धेरै किसानको ठूलो क्षेत्रका धानबाली र घरमा क्षति पुग्ने भन्दै स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *