१६ बैशाख २०७८, झापा

झापाको दमक वडा नं. ९ मा भेटिएको बम जस्तो शंकास्पद बस्तुलाई नेपाली सेनाले आज डिस्पोज गरेको छ । दमक नगरपालिका वडा नं. ९ स्थित प्रगती मार्गमा टिनको डब्बामा तार देखिने गरी बम जस्तो बनाएर राखेको बस्तु डिस्पोज गरिएको हो । शंकास्पद बस्तु डिस्पोज पछि हेर्दा बम नभई सर्वसाधारणलाई आताकित बनाउन बम जस्तो बनाएर टिनको बट्टा भित्र ढुङ्गा राखेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरिक्षक नवराज कार्कीले जानकारी दिनु भयो ।

हालै चर्चाको विषय रहेको मिलेनियम च्यालेन्ज करर्पोरेशन एमसीसीको विरोध गरेर कम्युनिष्ट पार्टी विद्रोही लेखिएको कागजले बेरेर बमको आकारमा टीनको बट्टालाई पेन्टिङ्ग गरी हेर्दा बम जस्तो देखिएको स्थानीयले बताएका छन् । विहानै स्थानीयले देखेर प्रहरीलाई खबर गरे पछि नेपाली सेनको २१ नम्बर बाहिनी केर्खाको टोलीले संकास्पद बस्तुको डिस्पोज गरेको हो । जनजिवनलाई आताकिंत पारेको भन्दै शंकास्पद बस्तु राख्नेको खोजी तिव्र पारिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *