१७  कार्तिक २०८२/डिकेश लामा
लगतार ३ दिन परेको बर्षाका कारण नेपालको सवै भन्दा धेरै धान खेती हुने झापा जिल्लामा धान उत्पादन घट्ने भएको छ । लडेको र काटेको धान पानीमा डुवे पछि धान खेतमै उम्रन थालेकाले किसानहरु के खाने भन्ने चिन्तामा परेका छन् ।

आँखै नउघारी परेको ३ दिने झरीले झापाका अधिकांश किसानको धान विग्रएिको छ । लडेको र काटेको धान खेतीमै उम्रन थाले पछि किसानलाई ठूलो समस्या आएको ठूलो क्षेत्रमा लगाएको सवै धान लडेको किसान पञ्चनान्द राजवंशीले बताउनु भयो ।

पाकेको धान लगातार पानीमा डुबे पछि खेती मै उम्रन थालेको छ । उम्रिएको धान घाम लाग्न थालेसँगै कालो हुने र विग्रने हुन्छ । जसका कारण ७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने कमल गाउँपालिकामा १५ देखि २० प्रतिशत धान उत्पादनमा गिरावट हुने अनुमान गरिएको कृषि प्राविधिक महेन्द्र बोहोराले बताउनु भयो । लडेका धान अधिकांश विग्रिए पछि किसानमा समस्या भएको छ । जसले गर्दा बर्ष भरी खाने धान नै अभाव हुने किसानले बताएका छन् ।

हिउँदे र बर्षे गरी ४ लाख मेट्रिक टन बढी धान उत्पादन हुने झापामा बर्षाले गर्दा अधिकांश किसानको धान विग्रिएको छ । लडेको र काटेको धान खेतीमै उम्रन थाले पछि खाद्य संकट आउने भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *