२१ कार्तिक २०८२/डिकेश लामादेशमै रोजगारी र सुसाशासन भए मात्र विकास हुन्छ भन्दै योग तथा आर्युवेद स्वास्थ्य सेवा लाग्नु भएका ज्ञानेन्द्र सेंढाई गोपाल भदौ २४ गतेको आन्दोलनमा शहिद बन्नु भयो । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ निवासी ३९ बर्षीय गोपालको मृत्युले परिवार मात्र नभई सिंगो लक्ष्मीधाप गाउँ यतिखेर शोकमा डुवेको छ ।
त्यो दिन विहान ५ बजे उठेर योग संचालन गरे । अनि ७ बजे तिर विर्तामोड झेरर रक्तदान गरे । त्यस पछि घर फर्किर बृद्ध बुबालाई अस्पताल पुराएर घर ल्याए । अनि हतार हतार गरेर पुनः विर्तामोड गएका गोपाल अर्थात ज्ञानेन्द्र सेढाई कहिले घर फर्कन नपाएको दिदी तुलसाले गह भरी आँशु पारेर सुनाउनु भयो । दुबही लगायत विभिन्न देशमा गएर योग कक्षा दिंदै आउनु भएका गोपालको भरमा घर व्यवहार चलेको थियो ।

३ छोरी, २ छोरा र आमाबुवा सहित ७ जनाको परिवारका गोपाल कान्छा छोरा हुन् । शनिश्चरे माविबाट २०६० सालमा एसएली गर्नु भएका गोपालले विर्तामोडको कन्काई र काठमाण्डौंको शंकरदेव क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर गर्नु भएको थियो । शिक्षित व्यक्तित्व गोपालले सामाजिक संजाल मार्फत पनि देशमा सुशासन र भ्रष्टचारको अन्त्य हुनु पर्ने आवाज उठाउँदै आउनु भएको थियो ।
देश विदेशमा आर्युवेद तथा योग मार्पmत स्वास्थ्य क्षेत्रमा योगदान दिँदै आउनु भएका गोपालको भरमा घर व्यवहार चलेको थियो । भएको सहारा नै सँधैका लागि अस्ताए पछि आफूहरुलाई बाँच्नै समस्या भएको गोपालका बुवा ८३ बर्षीय धनपति सेडाईंले बताउनु भयो । बुबाका अनुसार छोराको रगतले देशमा युवाले चाहेको जस्तो हुनु पर्ने उहाँले बताउनु भयो ।

गोपाल जस्तै गत भदौ २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाउने ४५ जनालाई सरकारले शहिद घोषणा गरेको छ । शहिद बनेका युवाको सपना भ्रष्टचारको अन्त्यसँगै सुशासन सहित राष्ट्रहितमा काम नभएसम्म ज्यान गुमाउनेको आफन्तलाई राहत नपुग्ने उनीहरुको भनाइ छ ।
