भारतबाट आयात हुने माछाले बजारमा समस्या 

९  मंसीर २०८२/डिकेश लामा
झापामा बृहत माछा पालन विस्तारका लागि सरकारले जोन कार्याक्रम संचालन गरे पनि उल्लेख्यरुपमा विस्तार हुन सकेको छैन । भारतीय बजारमा माछाका भुरा देखि दानासम्म निर्भर रहनु पर्ने भएकाले माछा पालनमा समस्या हट्न नसकेको किसानले गुनासो पोखेका छन् ।  
गौरीगंज गाउँपालिका सिमावर्ती क्षेत्रमा माछा पालनलाई पछिल्लो समय जोड दिन थालिएको छ । तर माछाका भुरा देखि दानासम्म भारतबाटै आउने हुँदा भारतबाट आउने माछासँग प्रतिष्पर्धा गर्न समस्या परेको गौरीगंज गाउँपालिका वडा नं. १ का किसान मुरलीधर सिंह राजवंशीले बताउनु भयो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम मार्फत अघिल्लो बर्ष देखि माछा जोन कार्याक्रम संचालन गरे पछि किसानहरु अनुदानका कारण केही आकार्षित भएका छन् । कार्यक्रमले माछा पालक किसानलाई अनुदान उपलव्ध गराए पछि केही राहत पुगेको गौरीगंज गाउँपालिका वडा नं. ३ का किसान दिपक श्रेष्ठले बताउनु भयो ।

झापामा ३ सय ६५ हेक्टरमा माछा उत्पादन हुँदै आएको छ । तर माछाको बृद्धि दर भने न्यून रहेको छ । उचित नश्लको अभावले माछाको बृद्धिमा देशभर समस्या रहेकाले यसको सुधारमा काम गर्न थालिएको भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका मत्स्य प्राविधिक लाक्पा भुटियाले बताउनु भयो ।

जिल्लाको कमल, गौरादह, गौरीगंज र शिवसताक्षी गरी ४ वटा पालिकामा माछा जोन कार्यक्रमका हुँदै आएको छ । तर माछाका लागि उचित दाना र भुरा नहुँदा अझै पनि किसान समस्यामा रहेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *