कार्तिकमा मात्र २ अर्ब ३० करोडको निर्यात 
८ मंसिर २०८२/झापा
पूर्वी नेपालको मेची भन्सारबाट  कार्तिक महिनामा अलैंचीको निर्यात १ सय ९ प्रतिशतले बृद्धि भएको छ ।  चालु आर्थिक बर्षको कार्तिकसम्म ४ महिनामा ३ अर्व ९७ करोड मुल्यको १८ लाख केजी बढी अलैंची निर्यात भएको छ । कार्तिक महिनामा मात्र २ अर्व ३० करोड मुल्यको अलैंची निर्यात भएको हो । गत आर्थिक बर्षमा कार्तिक महिनासम्म ४ महिनामा १२ लाख केजी अर्थात १ अर्व ९० करोड मुल्यको अलैंची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
यो बर्षको अलैंचीको नयाँ फसल आएसँगै हालैको बजारमा प्रति क्वीन्टल २ लाख ५४ हजार रुपयाँसम्म कारोवार हुँदै आएको छ ।  अलैंचीको  मुल्य बढेसँगै किसान समेत खेतीमा उत्साहित बनेका छन् ।  गत बर्ष मेची भन्सार नाका भएर जम्मा ७ अर्व ६७ करोड मुल्यको अलैंची निर्यात भएको थियो ।
मेची भन्सारबाट मुख्य गरी कृषिजन्य बस्तुमा चिया, अलैंची, कुचो, काष्ठजन्य बस्तुबाट निर्माण भएको भेनियर सिट, अदुवा, छुर्पी लगायतका बस्तुहरु तेस्रो मुलुकसम्म निर्यात हुँदै आएको छ ।तर यता चिया, प्लाइउड र अम्रिसो अर्थात कुचोको निर्यात भने घटेको छ । चिया कार्तिक महिनासम्म आइपुग्दा ३७ दशमलव ७० प्रतिशत अर्थात ८३ करोड बढी मुल्यको कम निर्यात भएको छ ।
यता प्याइउड समेत ५२ दशमलव ७० प्रतिशतले घटेको छ । अघिल्लो बर्ष ४ महिनामा ३६ करोड मेट्रिक टन प्लाइउड निर्यात हुँदा चालु आर्थिक बर्षको कार्तिकसम्म १६ करोड मेट्रिक टन वा ५९ करोड मुल्यको मात्र निर्यात भएको छ । जुन अघिल्लो बर्ष १ अर्व २५ करोड मुल्यको निर्यात भएको भन्सार कार्यालयको तथ्याङक रहेको छ ।


यस्तै अधिक मात्रमा निर्यात हुने अम्रिसो कुचो समेत २ बर्ष यता नियमितरुपमा घटदै गएको छ । यो बर्ष अघिल्लो बर्षको तुलनामा २३ दशमलव ९० प्रतिशतले कम निर्यात भएको छ । जुन आर्थिक बर्ष २०८१÷०८२ मा ४५ लाख ९१ हजार केजी निर्यात हुँदा ३४ करोड ४९ लाख रपयाँ भएकोमा चालु आ.व.मा ३९ लाख ३८ हजार केजीको २६ करोड २५ लाख रुपयाँ मात्र भएको भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुँमागाईंले जानकारी दिनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *