
१८ वैशाख २०७८,काठमाडौं– नेपालमा काेराेना संक्रमण दर दिनहुँ बढ्दाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ९ सय ६९ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा ५ हजार ७ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी गत २४ घण्टामा १ हजार २ सय ८९ जना निको भएर घर फर्किएका छन् । निकाे हुनेकाे संख्या केही दिन यता बढ्न थालेकाे छ ।
