नेपालमा अहिलेसम्मकै उच्च ७६६० संक्रमितः ५५ जनाकाे मृत्यु
२१ वैशाख २०७८,काठमाडौं– नेपालमा नेपालमा आज हालसम्मकै सवै भन्दा संक्रमण र मृत्यु संख्या बढेकाे छ । दाेस्राे भेरियन्टकाे कोरोना संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको हाे । पछिल्लाे २४ घण्टामा अहिलेसम्मकै धेरै ७ हजार ६ सय ६० जना संक्रमित भएका छन् । यस्तै याे अवधिमा ५५ जनाकाे मृत्यु समेत भएकाे छ । जुन संख्या अहिलेसम्मकै सवै भन्दा उच्च भएकाे बताइएकाे छ । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार १ सय ३१ जनाको पीसीआर र ५७१ जनाको एन्टिजेन परीक्षणमा ७ हजार ६ सय ६० जना संक्रमित भएका हुन् । यस अवधिमा १ हजार ७ सय ७५ जना निको भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ८२ प्रतिशत निको भएका छन् ।
More Stories
झापामा अवैध सामान बरामद संख्या बढ्दै
५ कार्तिक २०८१/झापा भारतीय सिमासँग जोडिएको झापा जिल्लामा अवैधरुपमा सामान ल्याउँदा बरामद गरिने संख्या दैनिक २ भन्दा बढी हुने गरेको...
संचारकला सिक्दै आम्दा अस्पतालका स्वास्थ्यकर्मी (फाेटाे फिचर)
३ कार्तिक २०८१/दमक, झापा स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रविधिमैत्री संचारमा सक्षम बन्नु पर्नेमा जोड दिइएको छ । पछिल्लो समय बढ्दै...
रास्वपा सभापति रवि लामिछाने पक्राउ
२ कार्तिक २०८१, काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछाने पक्राउ पर्नु भएको छ । सहकारी...
दक्षिणी झापाका व्यवसायी भन्छन्ः कर तिर्ने ठाउँ देऊ, सरकारले सुनेन
१ कार्तिक २०८१/डिकेश लामा कोरोना कहर देखि बन्द भएका झापाका झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु संचालनमा नआउँदा सेवाग्राहीले राजश्व...
चाडबाड नआएकै राम्रोः दशैंले दुःखाउँछ भूटानी शरणार्थीलाई
२९ असोज २०८१/डिकेश लामा ३३ बर्ष अघि देश छाडे देखि पूर्वी नेपालको शरणार्थी शिविरमा बस्ने धेरै बृद्धबृद्धाले दशैंमा टिका लगाएका...
सडकमा १६ करोड बढीको क्षतिः यातायात सुचारु
२५ असोज २०८१/झापा असोज महिनामा आएको अविरल बर्षा र बाढीका कारण झापा तथा इलाममा सडक र पुलमा गरी १६ करोड...