

२२ वैशाख २०७८,काठमाडौँ – नेपालमा दिनहुँ संक्रमण दर बढ्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा नेपालमा ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरको प्रयोगशाला गरिएको २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनका अनुसार ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण देखिएको छ ।
यस्तै पछिल्लाे २४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोना मुक्त भएका प्रवक्ता गौतमले बताउनु भयाे । यसै गरी पछिल्लाे २४ घण्टामा ५८ जनाकाे मृत्यु भएकाे छ । हिजाे मात्रै ५५ जनाकाे मृत्यु भएकाे थियाे ।
