नेपालमा पुनः ९ हजार संक्रमित थपिए, २७ सय निकाे

२३ वैशाख २०७८,काठमाडौं– परिक्षणकाे दायरा बढाएसँगै नेपालमा कोरोना संक्रमण संख्या समेत बृद्धि हुन थालेकाे छ । आज पनि अहिलेसम्मकै धेरै ९ हार ७० जनामा संक्रमण भएर नयाँ रेकर्ड कायम भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको २१ हजार १ सय ४२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै निकाे हुनेकाे संख्या समेत बढ्न थालेकाे छ । हिजाे २० हजार हाराहारीमा निकाे भएकाे तथ्याङक थियाे भने गत २४ घण्टामा २ हजार ७ सय ७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ९२ हजार ४ सय ९० जना छन् । नेपालमा निको हुने दर ७९ दशमलव ४ प्रतिशत रहेको छ ।

यसैगरी कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय २९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post संक्रमणले भन्दा पनि संन्त्रासले मार्याे
Next post नेपालमा आज ९११६ संक्रमित,२९०५ जना निकाे