संक्रमणले भन्दा पनि संन्त्रासले मार्याे
२३ वैशाख २०७८, डिकेश लामा, झापा
पछिल्लाे समय काेराेना संक्रमण दर उच्च बढ्दै गएकाे छ । जसरी संक्रमण दर बढिरहेकाे छ त्यसरी नै सामाजिक संजाल लगायत जिम्मेवार मिडिया हाउसले समेत मृत्युकाे प्रचार गरेर नमर्ने मानिसलाई समेत मृत्युकाे मुखमा धकेलिरहेकाे छ । मानाैं समाचारका शीर्षक ‘एकैदिन भारतमा ४ हजारकाे मृत्यु’ याे समाचार पढेर अस्पतालमा उपचार गराइरहेकाे विरामीलाइ कस्ताे प्रभाव पर्छ हाेला? समाचारमा आएका धेरै विषयले मानिसकाे हत्या समेत गरेकाे कुरा त समाजमा छर्लङ छ । चरित्र हत्या गरेर आत्मा हत्या गराएकाे छ ।
अहिलकाे परिप्रेक्ष्यमा काेराेनाकाे त्रास देखाएर मृत्युवरण गर्न बाध्य पारिएकाे छ । भारतमा ४ लाख मानिस संक्रमित हुँदा ४ हजारकाे मृत्यु हुनु भनेकाे १ प्रतिशत हाे । अनि मुलधारका मिडिया हाउस भन्छ काेराेनाे संक्रमणका अहिलेसम्मकै धेरै मृत्यु । हुवानमा एक बर्ष अघि भएकाे संक्रमणमा मृत्युदर ५ प्रतिशत देखि ७ सम्म पुगेकाे थियाे । तर यति भन्दा भन्दै पनि याे बर्ष संक्रमण दर भने उच्च छ । धेरै संचारकर्मीलाइ संक्रमणकाे चेन व्रेकमा नभइ मृत्युकाे त्रास उत्पन्न गर्ने समाचार कास्टिङमा हतार छ । के हाे त वास्तविकता तलकाे तथ्याङक अध्ययन गराैं ।
पछिल्लो २४ घण्टामा भारतमा तीन लाख २९ हजार १ सय १३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या १ करोड ७२ लाख ८० हजार ८ सय ४४ पुगेको छ । हालसम्म भारतमा २ कराेड १० लाख ७७ हजार मानिस काेराेनाबाट संक्रमित भएका छन् । याे समाचार तयार पार्दै गर्दा ती मध्ये २ लाख ३० हजार मानिसले ज्यान गुमाएका छन् । याे प्रतिशतमा लाने हाे भने १.०९ प्रतिशत हाे ।
के पछिल्लाे संक्रमणले धेरै मानिसकाे मृत्यु भएकै हाे त?
विश्वकाे सवैभन्दा धेरै काेराेना संक्रमित भएकाे अमेरिकामा ३ कराेड २६ लाख संक्रमित मानिस मध्ये ५ लाख ७८ हजारले ज्यान गुमाएका छन् । याे १.७७ प्रतिशत हाे । याे तथ्याङकलाई हेर्ने हाे भने अमेरिकामा भन्दा भारतमा संकमित भएका मध्ये थाेरैले ज्यान गुमाएका छन् । यस्तै नेपालमा ३ लाख ६० हजार संक्रमित मध्ये २०७८ वैशाख २२ गतेसम्मकाे तथ्याङकमा ३ हजार ४ सय ७५ जनाले ज्यान गुमाएका छन् । जुन ०.९६ झण्डै १ प्रतिशत हुन पुग्छ । यसरी हालसम्म विश्वकाे तथ्याङक हेर्ने हाे भने २.०१ प्रतिशत मानिसले ज्यान गुमाएका छन् ।
तर जव यस अघि चीनकाे हुवानमा काेराेना संक्रमण फैलियाे त्यस वेला ५ प्रतिशतसम्म मानिसले ज्यान गुमाएकाे अनलाइनमा अझै पनि तथ्याङक पाउन सकिन्छ । तर हाल आएर मिडियाले मृत्युकाे संख्या धेरै देखाउँदै संक्रमणबाट नमर्ने मानिसकाे समेत मृत्यु गराइरहेकाे छ । मानाैं संक्रमण भए पछि मान्छे मर्छ मर्छ भनेर नै प्रचार गरिरहेकाे छ । वास्तविकता त्याे हाेइन । पत्रकारिताकाे आचारसंहितालाइ भुलेर विभत्स धेरै लाश जलाइरहेकाे तस्वीर ठूल्ठूला मुलधारका भनाैदा मिडियाले समेत प्रचार गरिरहेका छन् । लाशकाे विस्कुन विभत्स हाे कि हाैइन? संहितामा विभत्स तस्वीर वा भिडियाे सार्वजनिक गर्न पाइदैन भनिएकाे छ कि छैन?
४ लाख मानिस संक्रमित हुँदा ४ हजारकाे मृत्यु हुनु अघिल्लाे बर्षकाे भाइरस भन्दा कम हाे । तर संक्रमण बृद्धि दर भने उच्च छ । संक्रमणकाे चेन व्रेक गर्न मिडियाले कस्ताे भूमिका खेल्ने? कि मृत्युकाे मात्र समाचार अाेकलेर मानिसलाई थप आतंकित बनाउने ? अव एकै दिन ४ लाख मानिस संक्रमित थपिए हाैइन साढे ३ लाखले जिते काेराेनाबाट संक्रमितलाई हाैसल्ला दिन समाचार लेख्दा मृत्युदर अझै कम गर्न सकिएला कि? संक्रमणकाे चेन ब्रेकमा जाेड दिने कि? मिडियाले पनि अब राजनीतिलाई भन्दा ज्यान बचाउ नीतिलाई साथ दिने कि?
अव नागरिकले पनि भिडभाडकाे माहाैल अन्त्य गर्ने, अति अावश्यक काम विना घर बाहिर ननिस्कने, २ सातासम्म एकअर्का बीचकाे भेटघाट नगर्ने हाे भने संक्रमण स्वत कम भएर जान्छ । मानिस मानिसबीचकाे सम्पर्कबाट फैलने काेराेना राेक्न स्वयम् मानिस सचेत हुने हाे । नबुझ्नेलाई सचेत बनाउने भूमिकामा मिडियाले काम गर्ने हाे । वुझेर नबुझेकाे जस्ताे गर्नेलाई सवैले कार्वाही गर्न वातावरण बनाउन सहयाेग गर्न हाे।
सचेत रहाैं, सचेतना छराैं । संक्रमित हुँदैमा मृत्यु हुँदैन, सय जना संक्रमित हुँदा एक जनाकाे मृत्यु भएकाे छ । ९९ जनाले काेराेनालाई जितेका छन् । हिम्मत राख्नुहाेस् तपाई त्याे एक जनामा पर्नु हुन्न । महामारी हाे मारामारी हाैइन, जाेगिन सक्नेलाई संक्रमण नै हुँदैन । हुलमुलमा ज्यान जाेगाउनु अनिकालमा विउ जाेगाउँनु । अस्तु ।