

२९ वैशाख २०७८,काठमाडौं– नेपालमा पछिल्लाे समय काेराेना संक्रमण दर तिब्ररूपमा बढ्दै गएकाे छ । संक्रमणकाे संख्यासँगै मृत्यु दर समेत बढ्दै गएकाे छ । गत २४ घण्टामा ९ हजार ३ सय ५ नयाँ संक्रमित थपिएका छन् ।
२० हजार ३ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २ स ३८ र ४ सर २४ जनाको एन्टीजेन परीक्षण गर्दा ६७ जनामा पोजेटिभ देखिएको हो । यसैगरी गत २४ घण्टामा ४ हजार ४ सय ४४ जनाले काेराेना माथि विजय प्राप्त गरेका छन् ।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ । जसमध्ये ७ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा र ९४ हजार ३४३ जना होम आइसोलेसनमा रहेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भयाे ।
यसैगरी गत २४ घण्टामा १ सय ६८ जनाको कोरोनाले मृत्यु भएको छ ।
