निषेधाज्ञाकाे अवज्ञा गर्दै विहे भाेज गर्ने दुई दुलाह पक्राउ
२९ वैशाख २०७८,पर्वत- पर्वत जिल्लाकाे जलजला गाउँपालिका वडा नं. २ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट बन्दै गएकाे माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् ।
मंगलबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ । उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।
जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ४० जना भन्दा धेरै गाउँले भेला भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको बताउनुभयो ।
More Stories
ढेड दशकमा पनि बन्न नसकेको कन्काइ पुलको काम अलपत्र (फाेटाे फिचर)
२४ पुस २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुलको निर्माण काम अलपत्र...
उपचार खर्च नहुँदा मृत्यु पर्खेर पीडामा बाँचेका छन् तामाङः सहयोगका लागि अपील
कृपया सके सहयाेग गराैं, नसके शेयर गरेर सहयाेगी मनसम्म पुर्याउन सवैले सहयाेग गराैं २२ पौष २०८१, सारासन्देश समाचार इलामको फाकफोकथुम–२,...
सिमसार क्षेत्र आम्दानीको स्रोत बन्दैः डुङ्गाले तान्याे पर्यटक (फाेटाे फिचर)
१८ पुस २०८१/डिकेश लामा झापाका सिमसार क्षेत्रहरुमा पछिल्लो समय डुङ्गा सयर प्रति पर्यटकको आकार्षण बढ्दै गएको छ । बनभोज खाने...
अण्डाको प्रयोग बढाउन कार्यक्रम शुरु
१६ पुस २०८१, झापा १२ औं राष्ट्रिय पोल्ट्री दिवशको अवसरमा आज देखि अण्डाको प्रयोगलाई प्रोत्साहन गर्न कार्याक्रम शुरु गरिएको छ...
प्रेस सेन्टर नेपाल झापाकाे अध्यक्षमा खड्का सहित ११ सदस्यीय समिति चयन
१३ पाैष २०८१, झापा– प्रेस सेन्टर नेपालको १० औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत...
शिवसताक्षीमा चासोक तङ्नाम समापन (फाेटा/भिडियाे स्टाेरी)
१३ पुस २०८१/झापा शिवसताक्षीका किराती समूदायले आज एक भव्य कार्याक्रमबीच उधौली वर्प अर्थात चासोक तङ्नाम समापन गरेका छन् । शिवसताक्षी...