

४ जेष्ठ २०७८, काठमाडौं– गत २४ घण्टामा नेपालमा ८ हजार २ सय ३ जना कोरोना भाइरस संक्रमित भएका छन् ।
२० हजार ९ सय ७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ती मानिस संक्रमित भएका हुन् । सोही अवधिमा ६ हजार ८ सय ९१ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा १९६ जनाको संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ जना पुगेको छ ।

