बजार नपाए पछि च्याउ फाल्दै किसानः दैनिक एक जना किसानको २ लाख बढी मुल्यको च्याऊ खेर जाँदै

मूल्य नपाए पछि मलका लागि च्याउ धान खेतमा फालिँदै

८ जेष्ठ २०७८/डिकेश लामा

झापाको गौरादह नगरपालिकामा जिल्लाकै नमूना च्याउ खेती गर्दै आएका किसानले च्याउ विक्री नभए पछि फाल्न थालेका छन् । बन्दका कारण सीता च्याउ उद्योगमा यतिखेर दैनिक २ लाख भन्दा धेरै मुल्यको च्याउ खेर गईरहेको किसानले गुनासो पोखेका छन् ।

यो दृष्य हो मानिसले खाने पोषिलो च्याऊ फाल्दै गरेको । प्रति केजी १ सय ४० रुपयाँमा विक्री हुँदै आएको च्याऊ बजार बन्दले विक्री हुन छाडे पछि खेतमा मलका लागि फाल्न थालिएको छ । झापाको गौरादह नगरपालिकामा जिल्लाकै नमूनाकोरुपमा च्याउ खेती गर्दै आएका सीता च्याउ उधोगका दम्पतीले दैनिक ठूलो परिमाण च्याउ फाल्दै आएकाे उद्योगका संचालक नल बहादुर खड्काले बताउनु भयाे ।

३ विगाह जग्गा भाडामा लिएर बृहतरुपमा च्याउ खेती गर्दै आएको उद्योगमा अहिले दैनिक १५ सय देखि २ हजार केजी च्याउ उत्पादन हुँदै आएको छ । तर बजार बन्दले च्याउ विक्री गर्न नसके पछि कुहिन थाले पछि फाल्नु परेको च्याउ खेतीका किसान सीता खड्काले बताउनु भयो ।

च्याउ उद्योगमा २ दर्जन हाराहारीले काम पाएका छन् । विक्री नभएर च्याऊ फाल्नु पर्दा धुरु धुरु मन रोएको च्याउ खेतीमा काम गर्ने किसानले बताएका छन् ।

झापा जिल्ला च्याउमा आत्मानिर्भर बन्दै गएको छ । तर बजार बन्दका कारण दैनिक लाखौं मुल्यको च्याउ फाल्नु पर्दा किसानलाई ठूला मार परेको उनीहरुले गुनासो पोखेका छन् ।

भिडियाे कथा हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खुशीकाे खबर नेपालमा आज ८८४८ जनाले जिते काेराेना
Next post शुभ संकेतः नेपालमा आज दाेस्राे लहरकाे काेराेनामा पहिलाे पटक संक्रमित भन्दा निकाे हुने धेरै