शुभ संकेतः नेपालमा आज दाेस्राे लहरकाे काेराेनामा पहिलाे पटक संक्रमित भन्दा निकाे हुने धेरै

९ वैशाख २०७८, काठमाडौँ– नेपाल दाेस्राे भेरियन्टकाे काेराेना देखा परेकाे झण्डै २ महिना पछि पहिलाे पटक निकाे हुनेकाे संख्या संक्रमित भन्दा धेरै भएकाे छ । २४ घण्टामा देशभर ७ हजार ५ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ । यसै गरी आज  देशभर थप १ सय ९३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बजार नपाए पछि च्याउ फाल्दै किसानः दैनिक एक जना किसानको २ लाख बढी मुल्यको च्याऊ खेर जाँदै
Next post नेपालमा आज ७१३५ निकाे, ७४२५ संक्रमित