१२ जेष्ठ २०७८, काठमाडौं– नेपालमा आज संक्रमित भन्दा निको हुने संख्या बढी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका गत २४ घण्टामा १९ हजार ३ सय ५२ जनाको एन्टीजेन र पीसीबर परीक्षणमा ६ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ७ सय १६ जना निको भएका छन् । निको हुने संख्या बढेर ७६ दशमव ९ प्रतिशत पुगेको छ ।

२४ घण्टामा मृत्यु हुने संख्यामा पनि कमी आएको छ । आज १ सय ४५ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *