

१३ जेष्ठ २०७८, काठमाडौं– गएकाे दुइ दिन देखि नेपालमा काेराेना संक्रमण संख्या भन्दा निकाे हुनेकाे संख्या धेरै हुन थालेकाे छ ।
स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर वृद्धि भएर ७७ दशमलव २ प्रतिशत पुगेको छ ।
गत २४ घण्टामा २० हजार ९ सय ९२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । याे संख्या गएकाे साता भन्दा केही घटेकाे हाे । यस्तै यता मृत्यु हुनेकाे संख्या पनि गएकाे २४ घण्टामा कम भएकाे छ । पछिल्ला २४ घण्टामा मृत्यु हुनेको संख्या १ सय ६ रहेको मन्त्रालयले जनाएको छ । हिजाे १ सय ४५ रहेकाे थियाे । अहिलेसम्म मृत्यु हुनेकाे जम्मा संख्या ६ हजार ९ सय ५१ जना पुगेकाे छ ।

