नेपालमा आज ६०८० निकाे, ४३११ संक्रमित

१५ जेष्ठ २०७८, काठमाडौँ – नेपालमा गत २४ घण्टामा ६ हजार ८० जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । यस्तै देशभर ४ हजार ३ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६ नमुनाहरुको पीसीआर परीक्षणमा ४ हजार ३ सय ११ जनामा कोरोना पुष्टि भएको हो ।

७ सय ७६ नमुना एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७६ जनामा पोजिटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।

यस्तै थप १ सय १६ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको संख्या ७ हजार १ सय ६३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्यायाे सरकारले
Next post नेपालमा आज ६२०५ निकाे, ४३६९ संक्रमित