
१६ जेष्ठ २०७८,काठमाडौं– गत २४ घण्टामा ६ हजार २ सय ५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ४ लाख ४० हजार ९ सय ५५ पुगेको छ । गत २४ घण्टामा ४ हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय ८६ जनामा पीसीआर परीक्षणमा ३ हजार ७ सय २ र १ हजार ७ सय ८४ एन्टीजेन परीक्षणमा ६ सय ६७ जना गरी कुल ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा १ सय ९ जनाको कोरोनाबाट मृत्यु भएको बताइएकाे छ ।

