राष्ट्रपति विद्यादेवी भण्डारीसँग जेठ १३ गते भएको टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सी चिनफिङले थप खोप सहयोग गर्ने घोषणा गरेका थिए, त्यसमध्ये ८ लाख मात्रा मंगलबार नेपाल आइपुगेको हो । चिनियाँ सरकारले नेपाली दूतावासलाई हस्तान्तरण गरेको उक्त खोप दूतावासले नेपाल एयरलाइन्सको विमानमा नेपाल पठाएको हो ।

यसैगरी हालसम्म नेपालमा कोरोनाविरुद्धको खोप लगाउने संख्या २१ लाख नाघेको छ । नेपालमा अहिले भारतमा निर्माणा गरिएकाे कोभिसिल्ड र चीनमा निर्मित भेरोसेल खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार २१ लाख १३ हजार ८० जनाले पहिलो डोज र ७ लाख १४ हजार १ सय ६३ जनाले दोस्रो डोज लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *