नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या घट्याे, निकाे हुने दर समेत बढ्दै

१८ जेष्ठ २०७८, काठमाडौं– नेपालमा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या आज निक्कै घटेकाे छ ।  मन्त्रालयका अनुसार गएको २४ घण्टामा ६८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संख्या ७ हजार ४ सय ७४ पुगेको छ । कोरोना भाइरस संक्रमण स्थिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । परीक्षण घट्दा कमी आएको संक्रमण आज भने केही वृद्धि भएको छ ।

गएको २४ घण्टामा २० हजार १ सय ६५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ६ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर पनि बढेर ८० दशमलव २ प्रतिशत पुगेको जनसंख्या मन्त्रालय जानकारी दिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ६४९१ संक्रमण मुक्त, ४७६२ संक्रमित
Next post चीनकाे अनुदानकाे ८ लाख भेराेसेल नेपाल आइपुग्याे