नेपालमा संक्रमित भन्दा निकाे हुने बढ्दैःआज ७२१९ निकाे, ५३१६ संक्रमित

१९ जेष्ठ २०७८,काठमाडौं– पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ७ हजार २ सय १९ रहेको मन्त्रालयको तथ्याङ्क छ । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको जम्मा संख्या ४ लाख ६१ हजार ५ सय ६३ जना पुगेको छ । केही दिन यता संक्रमणमुक्त हुने दर बढेर ८० दशमलव ८ प्रतिशत पुगेको मन्त्रालयको भनाइ छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले १३ हजार ८ सय ५ पीसीआर परीक्षणबाट ४ हजार ५ सय २४ र ३ हजार ७३ एन्टिजेन परीक्षणबाट ७ सय ९२ गरि ५ हजार ३ सय १६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिनुभयो । हाल सङ्क्रमण दर ३२.७ प्रतिशत रहेको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो पटक थप १ सय १ जनाको कोरोना संक्रमण कै कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७५४६ जना पुगेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सिकाइसँगै अर्गानिक खेतीमा जुटे पाटागाडाका महिला (भिडियाे कथा सहित)
Next post नेपालमा आज ५९०४ निकाे, ६८२५ संक्रमित, मृत्यु संख्या घट्याे