
२० जेष्ठ २०७८,काठमाडौं– गत २४ घण्टामा नेपालमा ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् । यसैगरी ६ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५ सय ६२ जनाको पीसीआर र ३ हजार २ सय ११ जनाको एन्टीजेन गरी कुल २१ हजार ७ सय ७३ जनाको परीक्षण गर्दा ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७५ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
