काेराेना निकाे हुने दर बढ्दै, परिक्षण भने घट्न थाल्याे

३० जेष्ठ २०७८, काठमाडौं– नेपालमा पछिल्लाे समय संक्रमित भन्दा निकाे हुनेहरूकाे संख्या दाेब्बर बढ्दै गएकाे छ । गत २४ घण्टामा ३ हजार ९ सय ९४ जना निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ५ लाख ३१ हजार १ सय ५ रहेको छ । यसैगरी कोभिड १९ को परीक्षण गर्नेहरुको संख्या पनि घट्न थालेकाे छ । पछिल्लाे २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण पौडेलले दिएको जानकारी अनुसार  १२ हजार ४ सय ६ जनाले मात्रै परीक्षण गराएका छन् । परीक्षण गराएका मध्ये २ हजार ४ सय ७ जनामा मात्रै संक्रमण पुष्टि भएको छ ।

सरकारले लक्षण भएका विरामीलाई सरकारी अस्पतालमा निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाएको छ । एन्टीजेन परीक्षण पनि गाउँ–गाउँमा गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी गत २४ घण्टामा ४६ जनाको कोभिड १९ बाट मृत्यु भएको छ । हालसम्म ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला ४४ वटा छन् । हाल ६८ हजार ९ सय ५५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । काठमाडौंमा सबैभन्दा बढी सक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जिउँदै चल्ला खाल्डोमाः करोडौं रुपयाँ घाटामा जाँदा उद्योग नै बन्द हुने अवस्थामा (भिडियो कथा सहित)
Next post नेपालमा आज ५१४७ निकाे, २९१८ संक्रमित