नेपालमा आज ५१४७ निकाे, २९१८ संक्रमित

३१ जेष्ठ २०७८,काठमाडौं– नेपालमा गएकाे २४ घण्टामा ५ हजार १ सय ४७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको भएको दर ८७ दशमलव ८ प्रतिशत पुगेकाे छ । यसैगरी गएको २४ घण्टामा १४ हजार ८ सय १९ जनाको पीसीआर र एन्टीजेन परीक्षण हुँदा २ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाबाट गएको २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ८४६५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काेराेना निकाे हुने दर बढ्दै, परिक्षण भने घट्न थाल्याे
Next post प्रदेश एक सरकारले ल्यायाे ३२ अर्व ६४ कराेडकाे बजेटः स्वास्थ्य क्षेत्रमा मात्र ३ अर्व २५ कराेड (बजेटकाे पूर्णपाठ सहित)