५ दिनकाे बाढीले १६ काे मृत्यु २२ वेपता, झण्डै २ हजार मानिस विस्थापित

४ असार २०७८, काठमाडौं- पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ भने २२ जना वेपता भएका छन् ।  मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा ३/३ जना रहेका छन्र । यस्तै सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान र बाजुरामा एक/एक जना रहेका गृह मन्त्रालयले जनाएको छ । वेपत्ता २२ मध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा २० जना छन् । बाजुरा र रुपन्देहीमा एक/एक जना वेपत्ता रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ ।   बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ र सल्यानबाट आठ जना गरी १ सय २ जनाको उद्धार भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै यार्सागुम्बा टिप्न गएका मनाङ्का ७० जनाको पनि आजै उद्धार भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

यसैबीच बाढी पहिराका कारण अहिलेसम्म १ सय ९९ वटा घरमा क्षति भएको छ । कुल १२ वटा पुल, एक विद्यालय र सात सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको छ । प्राप्त विवरणअनुसार ५ सय २८ घरका एक हजार ७ सय ६० जना मानिस विस्थापित भएको प्रहरी प्रवक्ता कुँवरले बताउनुभयो । प्रहरीका अनुसार यही बीचमा ५ सय १६ पशु चौपायको मृत्यु भएको छ ।

बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकाल्ने कार्यमा स्थानीयवासी, प्रशासन र जनप्रतिनिधिको समन्वय र सहयोगमा तीन वटै सुरक्षा निकाय सक्रिय भएर लागेका छन् । उद्धारका साथै राहत वितरण कार्यसमेत जारी रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २१४१ निकाे, १७६८ संक्रमित
Next post नेपालमा संक्रमित भन्दा निकाे हुने बढ्दै, मृत्यु संख्या पनि घट्न थाल्याे