नेपालमा संक्रमित भन्दा निकाे हुने बढ्दै, मृत्यु संख्या पनि घट्न थाल्याे

४ असार २०७८,काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितभन्दा निको हुने संख्या बढ्दै गएकाे छ । गत २४ घण्टामा ४ हजार २० जना निको भएका छन् । नेपालमा कोरोनामुक्त हुने दर वृद्धि भएर ८९ प्रतिशत पुगेको छ । यस्तै २ हजार ७ सय ६८ जना संक्रमित भएका छन् ।  १३ हजार ३७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २ हजार ७ सय ६८ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाले ८६४१ जनाको मृत्यु भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ५ दिनकाे बाढीले १६ काे मृत्यु २२ वेपता, झण्डै २ हजार मानिस विस्थापित
Next post नेपालमा आज ३६६० निकाे १६८८ संक्रमित