नेपालमा आज ३४५१ निको, २२९९ संक्रमित

१८ असार २०७८,काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ३६ हजार पुगेको छ । यस्तै, २४ घण्टामा देशभर २ हजार २ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर गरिएको १० हजार ५ सय ९६ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा २ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितका आधारमा निको हुनेको दर ९४ प्रतिशत रहेको छ ।

देशभर गरी थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ । संक्रमण स्थिर रहे पनि स्वास्थ्य मापदण्ड भने अनिबार्य पुरा गर्न मन्त्रालयले बारम्बार सूचना जारी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४०१७ निकाे, २७६० संक्रमित
Next post खुशीकाे खबर नेपालमा हालसम्म ६०६६६६ ले जिते काेराेना