खुशीकाे खबर नेपालमा हालसम्म ६०६६६६ ले जिते काेराेना

१९ असार २०७८, काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टा भित्र ६ लाख ६ हजार ६ सय ६६ जनाले काेराेना माथि विजय प्राप्त गरेका छन् । कुल ६ लाख  ४३ हजार ५ सय ८० मध्ये साे संख्यामा काेराेना माथि विजय प्राप्त गरेका हुन् । पछिल्लाे २४ घण्टामा  भने ३ हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै २४ घण्टामा देशभर १ हजार ५ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार विभिन्न जिल्लामा गरिएको ५ हजार ८ सय ३७ पीसीआर परीक्षणमा १ हजार ५ सय २७ जनामा कोरोना पुष्टि भएको हो। यसैगरी, ४ हजार २९६ एन्टिजेन परीक्षणमा ८ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ४३ हजार ५८० पुगेको छ । हाल नेपाल ३६ हजार ९ सय १४ जना सक्रीय संक्रमित रहेकाे मन्त्रालयले जानकारी दिएकाे छ ।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ९८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३४५१ निको, २२९९ संक्रमित
Next post प्रम ओलीको गृह नगर दमककाे गत बर्षकाे भन्दा २३ कराेड धेरै बजेटः नीति तथा कार्यक्रम पारित