PM KP Oli-Maddhav Nepal Meeting

२६ असार २०७८,काठमाडौं– दुइ दिन देखि नेकपा एमालेकाे विवाद सुल्झाउन भइरहेकाे प्रयास मिलन विन्दुकाे नजिक पुगेकाे बताइएकाे छ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले आज पनि सहमति घोषणा गर्न नसकेका कारण भाेलि निष्कर्षमा पुग्ने बताइएकाे छ । अर्थ मन्त्रालयमा आज साँझ बसेको बैठकले सहमतिको खाका सार्वजनिक भाेलि गर्ने तयारी भएकाे  एमाले उपाध्यक्ष भीम रावलले  प्रतिक्रिया दिनुभयो । ‘अन्तिम अन्तिम विन्दुमा छौं, छिटो नै पूरा गरेर निष्कर्षमा पुग्नेछौं,’ उहाँको भनाइ छ ।

एमाले सचिव गोकर्ण विष्टले भोलि नै सहमति हुने दाबी गर्नुभयो । जबकी विष्टले नै शुक्रबार पनि भोलि अर्थात् आज सहमति हुने किटानका साथ भन्नुभएको थियो । ‘अब छलफलका विषयहरु छैनन्, समस्यालाई समग्रतामा समाधान खोज्ने प्रयास गरेका छौं,’ उहाँको भनाइ छ, ‘सुखद समाचार घोषणा गर्न सकेका छैनौं ।’

सत्तारुढ एमाले सर्वोच्च अदालतबाट पार्टी पुरन्स्थापित भएपछि पनि आन्तरिक विवादका कारण एक हुन सकेकाे छैन । लामाे समय देखि विवाद रहेकाे विषय याे वार्ताले समेट्ला कि भन्ने तल्लाे तहका कार्यकर्ताले अपेक्षा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *