
२७ असार २०७८, सारासन्देश खबर- ४६ अाैं पटकसम्म अर्जेन्टिना विरूद्ध गाेल गर्न सफल ब्राजिली टीमलाई यस बर्ष भने हार व्यहाेर्नु परेकाे छ । कोपा अमेरिका-२०२१ को फाइनल खेलमा ब्राजिल विरूद्ध १ गाेल गर्दै अर्जेन्टिनाले उपाधी जितेको छ।
रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आज बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा उपाधि जितेको हो ।

खेलको २२ औँ मिनेटमा डि मारियाले गरेको गोल नै अर्जेन्टिनाका लागि उपाधि चुम्ने एक मात्र गोल बन्यो । आजको खेलमा विश्व चर्चित दुई खेलाडी मेसी र नेइमार दुई अलग टिमबाट खेलेकै कारण दर्शकहरुको निक्कै चासोका साथ हेरेका थिए ।
