गौरीगंजमा शोकमा घर–घरमा जनप्रतिनिधि पुग्दा विपन्नलाई सहज (भिडियो सहित )

प्रत्येक घरमा १० हजार नगद सहित समबेदना पत्र

३१ असार २०७८/डिकेश लामा

शोकको वेला झापाको गौरीगंज गाउँपालिकाले नगद सहित समवेदना पत्र दिने कार्याक्रमले विपन्न परिवारलाई राहत पुगेको छ । मृत्यु भएको परिवारमा जनप्रतिनिधि आफै आएर नगद १० हजार र समवेदना पत्र दिने कार्यले समस्या पर्दा सरकार छ भन्ने आभाष भएको स्थानीयले बताएका छन् ।

मृत्यु हुँदा स्थानीय सरकारले उपलव्ध गराउँदै आएको १० हजार नगदले खासगरी विपन्न परिवारलाई निक्कै ठूलो राहत पुगेको छ । जनप्रतिनिधिहरु आफै समवेदना पत्रको साथमा नगद बोकेर घरमा आउदाँ स्थानीय सरकारनै आफन्त जस्तो लागेको गौरीगंज गाउँपालिका वडा नं. ६ का राधिका यादवले बताउनु भयो ।

दुःखको साथी भरोसा राखौं गाउँपालिका माथि भन्ने कार्याक्रम नै पालिकाले नीति तथा बजेटमा समावेश गरेर शोकमा नगद सहित समवेदना दिने कार्याक्रम बनाएको गाउँपालिका उपाध्यक्ष दिपीन्द्र थापाले बताउनु भयो ।

यस्तै कार्याक्रम झापाको झापा गाउँपालिकाले समेत गर्दै आएको छ । दुःखको वेला सहयोगसँगै जनप्रतिनिधि घरघरमा पुग्ने कार्याक्रमले संघीयता आए पछि सिंह दरबारको अधिकार घरघरमा आएको स्थानीयले महशुष गर्न थालेको सामाजिक अगुवा सन्तलाल यादवले बताउनु भयो ।
गौरीगंज गाउँपालिकाले अहिलेसम्म २ सय घर भन्दा धेरैको घर परिवारमा दुःख पर्दा समवेदना पत्र सहित नगद उपलव्ध गराएको छ । यस्तो कार्याक्रमले विपन्न परिवारलाई सहयोगसँगै मृत्यु दर्ता समेत समयैमै गर्न प्रेरित गरेको सथनीयले बताएका छन् ।

भिडियो रिपोर्ट हेर्नका लागि तलको लिंक थिच्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा कोरोना पुनः उकालो लाग्न थाल्यो: आज २६७६ संक्रमित
Next post ओली सरकारका तीन बजेट : विकास खर्च झन् कमजोर, ऋणको भार दोब्बर