नेपालमा कोरोना पुनः उकालो लाग्न थाल्यो: आज २६७६ संक्रमित

३१ असार २०७८, काठमाडौं– निषेधाज्ञा खुकुलो बनाउँदै गएपछि नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक कोरोना अपडेटमा संक्रमित दर भने घटेको छैन बरु थप बढ्दै गएको छ । गएको २४ घण्टामा १२ हजार ७ सय ६८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २ हजार ६ सय ७६ जना संक्रमित भएका छन् ।

यसैगरी गत २४ घण्टामा १ हजार ७ सय ५७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९४ दशमलव ६ प्रतिशत पुगेको छ ।  हिजाे भन्दा आज मृत्यु दर फेरि बढेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा थप २९०५ संक्रमित,१६०६ निकाे, १८ काे मृत्यु
Next post गौरीगंजमा शोकमा घर–घरमा जनप्रतिनिधि पुग्दा विपन्नलाई सहज (भिडियो सहित )