३१ असार २०७८, काठमाडौं– निषेधाज्ञा खुकुलो बनाउँदै गएपछि नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक कोरोना अपडेटमा संक्रमित दर भने घटेको छैन बरु थप बढ्दै गएको छ । गएको २४ घण्टामा १२ हजार ७ सय ६८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २ हजार ६ सय ७६ जना संक्रमित भएका छन् ।
यसैगरी गत २४ घण्टामा १ हजार ७ सय ५७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९४ दशमलव ६ प्रतिशत पुगेको छ । हिजाे भन्दा आज मृत्यु दर फेरि बढेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ ।
