नेपालमा आज १६६७ निको १२२३ संक्रमित, २३ को मृत्यु

३ साउन २०७८, काठमाडौँ —  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ३२ हजार ७४ छ । यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय २३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २८ पीसीआर परीक्षणमा आइतबार थप १ हजार २ सय २३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार परीक्षणबाट ५ सय ७८ जनामा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ९ हजार ६२८ परीक्षणमा १ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ६७ हजार १ सय ९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ५५० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रधानमन्त्री देउवाले आजै विश्वासकाे मत लिने
Next post प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्तः पक्षमा १६५, विपक्षमा ८३