प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्तः पक्षमा १६५, विपक्षमा ८३


३ साउन २०७८,सारासन्देश खबर
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्नु भएको छ । बर्तमान संविधानको धारा ७६ को उपधारा ६ अनुसार राखेको प्रस्तावमा १६५ मत प्राप्त गर्दै बहुमतको सरकार संचालन गर्न संवैधानिक अधिकार पाउनु भएको छ । आइतबार राती १० बजेर १० मिनेटमा मतदानको परिमाण सुनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले जम्मा उपस्थित सांसद २४९ मध्ये हुन्छ भन्ने पक्षमा १६५, हुँदैन भन्ने अर्थात विपक्षमा ८३ र तथस्टमा १ मत परेको बताउनु भएको छ । विश्वासको मत पाएका पाँचौ पटक प्रधानमन्त्री देउवालाई सभाहलमै सांसदहरुले बधाइ समेत दिएका छन् ।

सरकारको प्राथमिकता खोप

मत लिनेक्रममा बोल्दै प्रम देउवाले आफ्नो सरकारको पहिलो प्राथमिकता खोप, दोस्रो खोप र तेस्रो पनि खोप भएको बताइएको छ । उहाँले यो सरकारको पहिलो प्राथमिकता खोप, दोस्रो खोप र तेस्रो पनि खोप भएको भन्दै नागरिकको जीवन रक्षा सवै भन्दा महत्वपूर्ण भएको बताउनु भयो । यस्तै उहाँले सवै दलसँग सहकार्य गरेर राष्ट्रिय हितमा काम गर्ने समेत बताउनु भयो ।

सभामा आफ्ना कुरा राख्नेक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा जनताको अधिकार प्रयोग गर्ने सर्वोच्च थलो भएकाले पार्टीभित्र विवाद हुँदा यसलाई विघटन गरिनु लोकतान्त्रिक संस्कार हुन नसक्ने बताउनु भएको छ । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गरेको प्रस्तावमा समर्थन जनाउँदै उनले मनोगत, अहंकार र व्यक्तिवादी गतिविधि आफूहरूलाई स्वीकार्य नहुने धारणा व्यक्त गर्नु भयो ।
यस्तै यस अघि प्रधानमन्त्री समेत भइसक्नु भएका जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले कुनै व्यक्तिको एकल अहंकारले लामो समय जनताले दुःख गरेर प्राप्त गर्न सफल लोकतान्त्रिक गणतन्त्रको हत्या गर्नु नहुने बताउनु भएको छ ।
अर्को वैठक आागामी साउन ८ गते १ बजे बस्ने तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १६६७ निको १२२३ संक्रमित, २३ को मृत्यु
Next post नेपालमा आज २४४५ संक्रमित, १२५८ निकाेः ३२ जनाकाे मृत्यु