
५ साउन २०७८, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १ सय ८ जनामाजनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८ सय ३६ पीसीआर परीक्षण र एन्टिजेन विधिद्वारा गरिएको ४ हजार २ सय ९९ परीक्षण गर्दा साे संख्यामा संक्रमित भेटिएका हुन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७० हजार ९५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ९५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ३४ हजार ९२७ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७ पुगेको छ ।
हालसम्म देशभर ३४ लाख ८६ हजार ३५४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ३ सय २६ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २६ हजार ४ सय १९ रहेको छ ।
