पानी निकासकाे विषयमा स्थानीय र प्रहरीबीच झडप हुँदा १२ जना प्रहरी घाइते

५ साउन २०७८,धनगढी – पानी निकासकाे विषयमा धनगढी उपमहानगरपालिकाकाे वडा नं. ३ मा प्रहरी र स्थानीयबीच झडप भएकाे छ । आज साँझ उपमहानगर वडा नं. ३ काे हाटबजार विद्युत सब स्टेशनलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको हाे । हाट बजार र विद्युत कार्यालयको सब स्टेशन जलमग्‍न भएपछि मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गर्ने क्रममा वडा नम्बर २ का स्थानीयले प्रहरीलाई अवरोध गरेका थिए ।

उनीहरुले कल्भर्ट खोल्दा वडा नम्बर २ को बस्ती ढुवानमा पर्ने भन्दै अवरोध गरेका हुन् । स्थानीयको ढुंगा प्रहारबाट १२ जना प्रहरी घाइते भएको र तनाव अझै कायम रहेको एसपी अधिकारीले बताउनु भयाे । केही स्थानीयहरू समेत घाइते भएकाे हुन सक्ने शंका गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३१०८ संक्रमित,१५९५ निकाेः २५ जनाकाे मृत्यु
Next post नेपालमा आज २८३८ संक्रमित, १४७५ निकाेः३० जनाकाे मृत्यु