समयमा काम नहुँदा बस्ती जोखिममा, झापाका केही बस्तीमा बाढी बस्ती पस्ने उच्च जोखिम (भिडियाे रिपाेर्ट सहित)

बजेट अभावमा काम प्रभावित 

बाह्रदशी ७ मा गत बर्ष भएकाे कटान, हाल साे क्षेत्र पनि जाेखिममा रहेकाे छ ।

६ साउन २०७८/डिकेश लामा

समयमा बाँध निर्माण नहुँदा झापाका कतिपय स्थानमा पछिल्लो बाढीले जोखिम निम्त्याएको छ । जिल्लाको दमक, झापा, कन्काइ, कचनकवल लगायतका क्षेत्रमा बाँध निर्माण कार्य अधुरो रहँदा बाढी बस्ती पस्न सक्ने जोखिम बढेको हो ।
झापामा गएको आर्थिक बर्षमा झण्डै ५ दर्जन भन्दा धेरै स्थानमा बाँध निर्माणको काम भयो । तर कतिपय स्थानमा काम पुरा हुन नसक्दा अहिले बाँध बगाउन थालेको छ । बाँधमा क्षती पुग्न थाले पछि दमक नगरपालिकाका केही बस्ती तथा झापा गाउँपालिकाको मिलन बस्ती उच्च जोखिममा परेको स्थानीयले बताएका छन् ।
साढे २ करोड बजेटमा ६ सय ५० मिटर लम्बाईको रतुवा खोलामा निर्माणधीन बाँधको काम पुरा नहुँदा खोलाले कटान थालेको छ । ठेकेदार गजुरमुखी निर्माण सेवा कम्पनिले आवश्यक सामाग्री उपलव्ध नगराएको कारण अहिले बाँध बगाउने अवस्थामा आएको पेटी ठेक्कामा काम गर्दै आएका राम लिम्बुले बताउनु भयो ।

यस्तै यस बर्षको बर्षाको शुरुवातीमा आएको बाढीले झापा गाउँपालिका वडा नं. १ मिलन बस्तीको उत्तरी क्षेत्रको बाँध कटान गरेको छ । बाँध कटान भए पछि बाढी आउँदा गाऊँ ढुवानमा पर्न थालेको छ । बजेटको सुनिश्चित नहुँदा समयमा काम गर्न नसकेकाले कतिपय स्थान जोखिममा रहेको जिल्लामा नदि नियन्त्रणमा काम गर्दै आएको जनताको तटबन्ध कार्याक्रम गैडेका प्रमुख रुपनारायण अधिकारीले बताउनु भयो ।

यस बर्ष जिल्लामा ६ वटा नदि तथा खोलाको ६५ स्थानमा ९ दशमलव ८५ किलो मिटर बाँध सहित तारजाली लगाउने कार्य भएको छ । तर कोरोना कहरको कारण देखाउँदै समयमा काम नहुँदा जिल्लामा दर्जन बढी क्षेत्रका बाँध र बस्ती उच्च जोखिममा रहेको बाढी प्रभावित क्षेत्रका बासिन्दाको भनाइ छ ।

भिडियाे रिपाेर्ट हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २८३८ संक्रमित, १४७५ निकाेः३० जनाकाे मृत्यु
Next post भीषण बर्षाले चीनमा २५ काे मृत्युः सववे स्टेशनमै बाढी पस्दा यात्रु अलपत्र