६ श्रावण २०७८,काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइएको अनुसार ८ हजार ७ सय १५ पीसीआर परीक्षणमा १ हजार ९ सय १८ र ३ हजार ९ सय १ को एन्टीजेन परीक्षणमा ९ सय ३१ जना गरी २ हजार ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १ हजार ४ सय ७५ जना निको भएका छन् । यस्तै नेपालमा पछिल्लाे २४ घण्टामा ३० जनाको मृत्यु भएको छ ।
